श्रमिकको समस्या समाधान गर्न दूतावासले छलफल कार्यक्रम गर्ने

श्रमिकको समस्या समाधान गर्न यतिखेर लागि परेको कतारस्थित नेपाली दूतावासले संघसंस्था तथा नेपाली समुदाय सँग अन्तर्क्रियात्मक कार्यक्रम गर्ने भएको छ।शेरिङ एण्ड हेरिङ (सुन्ने/बाड्ने) नाम दिइएको सो कार्यक्रम मार्फत कतारमा रहेका संघसंस्था बीच सम्बन्ध सुदृढ गर्न तथा श्रमिकको अवस्था,समस्या लगायत विविध विषयमा छलफल गर्ने गरिन्छ ।
कार्यक्रमको अवसरमा प्रतिनिधि सभा सदस्य विन्दा पाण्डेको साथमा नेपाली समुदाय सँग अन्तरक्रियात्मक छलफल समेत हुनेछ।कार्यक्रम वारे थप जानकारीको लागि दूतावासको फोन नम्बर ४४६७५६८१/८३ मा सम्पर्क गर्न सकिनेछ।
मासिक रुपमा संचालन हुने यस कार्यक्रमको चौथो संस्करण ऐन खलिद स्थित नेपाली राजदूतावासको चान्सरी भवनमा शुक्रबार फेब्रुअरी २३ तारिख दिउँसो दुई बजे बाट सञ्चालन हुँदैछ।सामाजिक सञ्जालमा दूतावास बारे विभिन्न टिकाटिप्पणी चलेपनि पीडित श्रमिकहरु कार्यक्रममा सोचे जस्तो उपस्थित नभएको दूतावासको गुनासो छ।
दूतावास जाने बाटो
