आज हुने कार्यक्रमहरु यस्ता छन्

हामीलाई प्राप्त जानकारी अनुसार कतारमा आज यी दुई कार्यक्रमहरु आयोजना हुँदैछन् ।

श्रमिकको समस्या समाधान गर्न कतारस्थित नेपाली दूतावासले संघसंस्था तथा नेपाली समुदाय सँग अन्तर्क्रियात्मक कार्यक्रम गर्दैछ । कार्यक्रमको अवसरमा प्रतिनिधि सभा सदस्य विन्दा पाण्डेको साथमा नेपाली समुदाय सँग अन्तरक्रियात्मक छलफल समेत हुनेछ।कार्यक्रम वारे थप जानकारीको लागि दूतावासको फोन नम्बर ४४६७५६८१/८३ मा सम्पर्क गर्न सकिनेछ।कार्यक्रमको चौथो संस्करण ऐन खलिद स्थित नेपाली राजदूतावासको चान्सरी भवनमा शुक्रबार फेब्रुअरी २३ तारिख दिउँसो दुई बजे बाट सञ्चालन हुँदैछ।
दूतावास जाने बाटो

आज दिउँसो १ बजे देखि पहिलो नेपाल आइडलको उत्कृष्ट चारमा पर्न सफल सागर आले मगरको साथमा लाइभ कन्सर्ट हुँदैछ । दोहाको अल अहली क्लब नजिकैको रेजेन्सी हलमा हुने कार्यक्रममा जिल्लावासी कलाकारहरु गायक फिरोज बस्नेत,नृत्यकार एमजे मिथुन,रेखा राई,सिर्जु बर्देरा,सविता लगायत स्थानीय गायक देवराज न्यौपाने,लोक दोहोरी गायक रितकुमार श्रेष्ठ,यू एण्ड आई डान्स क्रु को प्रस्तुति रहनेछ । । कार्यक्रमको लागि टिकट दर ५५,१०५ र २०५(भीआईपी) रियाल तोकिएको आयोजक पक्षले क्युएन खबरलाई जानकारी दिएको छ।टिकट सम्पूर्ण नेपाली होटलहरुमा उपलब्ध छन्।कार्यक्रम वारे थप जानकारी लिन ५०७३०२०५,७०४३२८५० मा सम्पर्क गर्न सकिनेछ।
कार्यक्रम स्थल जाने बाटो