कतारी,साउदी र युएई प्रमुखले ट्रम्प सँग भेट गर्ने

एजेन्सी

कतारी,साउदी र युएईका प्रमुख अधिकारीहरूले आउँदो मार्च र अप्रिल महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सँग भेट गर्ने भएका छन्।एजेन्सीको अनुसार खाडी समस्या समाधानका लागि अमेरिका द्वारा जारी प्रयास बीच उक्त उच्चस्तरीय भेटघाट हुन लागेको हो।

कतारी अमिर शेख तमिम विन हमाद अल थानी,साउदी युवराज मोहम्मद बिन सलमान र युएईको तर्फ बाट अबुधाविका युवराज शेख मोहम्मद बिन जाएद अल नहयेनले राष्ट्रपति ट्रम्प सँग द्विपक्षीय भेटघाट गर्ने योजना बनेको एक उच्च अमेरिकी अधिकारीले बताएका छन्।

भेटघाटको क्रममा यो वर्ष हुने जिसीसी सम्मेलन आयोजना गर्न सबै पक्षलाई सहमति गराउने,खाडी क्षेत्रको शान्ति स्थापना र ईरान बारे छलफल गरिने एजेण्डा रहेको छ।

“जिसीसी सम्मेलन अगावै खाडी समस्या समाधान भएर हामीले अन्य मुख्य विषय जस्तै ईरान बारे ध्यान केन्द्रित गर्न सहयोग पुग्नेछ भन्ने हामीलाई आशा छ।”अर्का अमेरिकी अधिकारीले बताएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button