बिज्ञापन

नेपाली कथानक चलचित्र : लप्पन छप्पन

मुकुन्द भट्ट निर्देशित चलचित्र ‘लप्पन छप्पन’ मा सौगाच मल्ल, दयाहाङ राई, अर्पण थापा र वर्षा शिवाकोटी मुख्य भूमिकामा छन् ।साथीसाथीबीचको पैसाको लप्पनछप्पन नै चलचित्र ‘लप्पन छप्पन’ को मुख्य कथा हो । चैत ११ गतेबाट प्रदर्शनमा आएको चलचित्र लप्पन छप्पन डेढ करोड लगानीमा बनेको हो ।

यसमा चलचित्रले ग्याङ्स्टरको कथालार्इ बढि जोड दिएको छ । जहाँ पात्रहरु धैरै पैसा कमाउने होडमा देखिएर एक अर्कालाई लप्पन छप्पन पार्दै हिडेका छन् । ७५ प्रतिशत छायांकन युरोपमा गरिएको चलचित्रमा विदेशी जीवनशैलीमालाई जोड दिईएको छ ।

कुनै न  कुनै माध्यमबाट, जसरी पनि पैसा कमाउनुपर्छ भन्ने कथा चलचित्रले देखाएको छ । पैसाको लप्पन–छप्पन गरिएको चलचित्रमा  कसरी पैसा निकाल्ने, व्यवस्थित तरिकाले निकाल्ने प्रविधि छ कि छैन, कुन प्रविधिबाट कसरी  निकाल्ने हो ? र, अन्तिममा के गर्न हुन्छ र के गर्न हुँदैन ? भन्ने सन्देश दिएको छ ।  चलचित्रका प्रत्येक दृश्य र संवाद एकअर्कासँग रिलेटेड भएकाले सुरुदेखि अन्तिमसम्म ध्यान दिएर हेर्नुपर्छ । नत्र चलचित्र बुझ्न गाह्रो हुन्छ ।

यो चलचित्रमा हलिउडका कलाकारको पनि अभिनय रहेको छ भने नेपाली कलाकारहरुले पनि विदेशीकै बढि सिको गरेका छन् । स्विजरल्याण्डको बैङकमा कालोधन लुकाएर राख्ने नेपालको मन्त्रीको पैसा कुल्माउन नेपाली ह्याकरहर सफल भएको देखिईएको चलचित्रमा पैसाको पछि लाग्ने ग्याङ्स्टरहरु असफल भएका छन् । चलचित्रको लगानी महङगो देखिएको छ । स्विजरल्याण्ड, नेदरल्याण्ड, बेल्जियम,जर्मनी जस्तो देशमा छायांकन गरिएको चलचित्र शिक्षित वर्गको लागि त्यसमा पनि प्रविधी सम्बन्धि ज्ञान भएकाको लागि उपयुक्त हुने गरि कथाबस्तु देखाईएपनि तल्लो वर्गका मानिसहरुलाइ भने कथाबस्तु बुझ्न अलि कठिन हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button