कर्वा चालकमा भिसा खुल्यो

कतारको सार्वजनिक यातायात वितरक मोवसलत कम्पनी अन्तर्गतको कर्वा ट्याक्सी तथा बस चालकको लागि भिसा खुलेको छ। जम्मा सय/सय नेपाली चालकको माग संख्याका लागि काठमाण्डौ स्थित ग्लोबल ओभरसिज प्रा.लि ले जिम्मा लिएको छ। लाइट तथा हेभी लाइसेन्स भएकाहरूले सो रोजगारको लागि आवेदन दिन पाउनेछन्।कतार आइसकेपछि भने कम्पनीले निशुल्क परीक्षण तथा लाइसेन्स बनाइदिनेछ।
थप विवरण यस्तो छ
रोजगारको पद : कर्वा बस/ ट्याक्सी चालक
तलब : १९८० रियाल ।
माग संख्या : १००/१००
न्यूनतम योग्यता :
•शैक्षिक योग्यता कम्तिमा १० पास हुनुपर्नेछ ।
•सामान्य अंग्रेजीमा बोल्न तथा लेख्न जान्ने हुनुपर्नेछ ।
•ट्राफिक चिन्हहरु अंग्रेजीमा प्रष्ट चिन्ने तथा बुज्ने हुनुपर्नेछ ।
•ड्राइभर लाइसेन्स कम्तीमा ३ वर्ष पुरानो हुनुपर्नेछ ।
•अवश्यक कामको लागि कम्तीमा २ वर्षको अनुभव हुनुपर्नेछ ।
•उमेरको हकमा कम्तिमा २५ वर्ष पूरा भई ४५ वर्ष ननागेको हुनुपर्नेछ ।

सम्पर्क गर्न सकिने नम्बर
०१४३५९५३७,०१५३५८१२९
ग्लोबल ओभरसिज सर्भिसेज प्रा.लि. बसुन्धरा , काठमाडौं नेपाल ।