सिके राउत र सरकारबीच ११ बुँदे सहमति, राउत खुल्ला रुपमा राजनीतिमा आउने

स्वतन्त्र मधेसको मागसहित आन्दोलनमा होमिएको स्वतन्त्र मधेस गठबन्धन र सरकारबीच ११ बुँदे सहमति भएको छ।
आज (शुक्रबार) राष्ट्रियसभा गृहमा आयोजित राजनीतिक सहमति घोषणा कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा र स्वतन्त्र मधेस गठबन्धनका तर्फबाट संयोजक सीके राउतले हस्ताक्षर गरेका छन् ।
सहमतिपत्रमा मधेसका मागहरु सम्बोधन गर्न जनमत संग्रह गर्ने, राउतका कार्यकर्तालाई क्षतिपूर्ती दिनेलगायतका कुराहरु उल्लेख छन्। सहमतिपत्रमा सिके राउत स्वतन्त्र मधेसको पृथकवादी गतिविधि छाडेर मुलधारको राजनीतिमा फर्किने भएका छन् । त्यसैगरी सरकारले सिके राउतले गर्दै आएको गतिविधिलाई शान्तिपूर्णरुपमा सञ्चालनमा अवरोध नगर्ने सहमति गरेको छ ।
राजनीतिक सहमति घोषणाकार्यक्रममा बोल्दै सिके राउतले हिंसाले देश नबन्ने भन्दै शान्तिपूर्ण रुपमा आफ्नो अभियान चलाउने बताए ।