कतार च्यारिटीले सिरियामा राहत वितरण गर्यो

सिरियाको पूर्वी गुटामा जारी युद्धग्रस्त क्षेत्रमा विभिन्न बाधाका बावजूद कतार च्यारिटीले प्रभावित जनतालाई आपतकालीन राहत वितरण गर्न सफल भएको छ।राहत पुर्याउने पहिलो संस्थाहरु मध्येको एक कतार च्यारिटीले हजारौं जनतालाई राहत पुग्नेगरी झण्डै २० लाख २० हजार रियाल बराबरको सहयोग गरेको हो।

आपतकालीन राहतमा संस्थाले खानाको झोला,फास्टफुड,एम्बुलेन्स,आश्रय उपकरण, ब्लाङ्केट लगायत अन्य सहयोग गरेको छ।संस्थाले केही दिन अगाडि त्यहाँ खेतमा भान्सा बनाई खाना पनि दिएको पेनिनसुला पत्रिकाले लेखेको छ।

“विगत ६ वर्ष देखि हामीले गुटामा प्रवाभित ४ लाख भन्दा बढी मानिसहरूलाई राहत वितरण गर्दै आइरहेका छौ।चर्कदै गएको हिंसाका बावजूद हामी हाम्रो राहत वितरण अभियानलाई निरन्तरता दिनेछौ। सिरिया भित्र तथा बाहिरका लागि राहत संकलन गर्न सहयोग पुर्याउने सबैमा संस्थाको तर्फ बाट धन्यवाद भन्न चाहन्छौं”,संस्थाको अन्तराष्ट्रिय अभियानका कार्यकारी निर्देशक फैसद अल फहिदाले भनेका छन्।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button