कतारमै बन्यो गर्मी घटाउने हेल्मेट

कतार युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले लामो मेहनत पछि कतारमा नै गर्मी घटाउने हेल्मेट बनाएका छन । १० डिग्री सम्म गर्मी घटाउन सक्ने क्षमता भएको यस हेल्मेट २०२२ विश्वकप का लागी गर्मीको समयमा बाहिर घाममा काम गर्ने निर्माण मजदुर हरुलाई लक्षित गरी बनाईएको हो ।
साबिकको हेल्मेट भन्दा ३०० ग्राम मात्र बढि वजन रहेको यस हेल्मेटको मूल्य थप ७२ रियाल बढि रहनेछ । यसको प्रभावकारिता र सुरक्षा बारे परिक्षण पनि पुरा भईसकेको र उत्पादन प्रक्रियामा अगाढी बढीसकेको र हेल्मट आउँदो गर्मीमा नै वितरण गरिने यहाँको सुप्रिम कमिटी फर डेलिभरिले एन्ड लिगेसीले जनाएको छ ।
दोहामा कार्यरत वैज्ञानिक हरुले एस्पायर जोन टिम र सुप्रिम कमिटी फर डेलिभरिले एन्ड लिगेसीको समन्वयमा हेल्मेट तयार पारिएको हो । यस्तो खालको हेल्मेट सुरुमा अमेरिकाको गर्मी क्षेत्रमा खेलकुदका लागी बनाईएको थियो । यसले कामदारलाई गर्मीको समयमा थप सुरक्षित र अरामदायी तरिकाले काम गर्न सघाउने समितिले दाबी गरेको छ ।
२०२२ मा हुने विश्वकपका लागी काम गरिरहेका कामदारहरुको सजिलोका लागी उच्च तरिकाको समाधान र नँया प्रविधि भित्राउन सधैं लागी परिरहेको टेक्निकल डेलिभरीका अध्यक्ष हिलाल जेहम अल कुवारीले बताएका छन् । यसले कसरी काम गर्दछ सोलार प्यानेल जडित यो हेल्मेटमा चिसो पार्न सोलार फ्यानले हावा फ्याल्दछ । हावा सिधै कामदारको शरिरको अगाडि भागबाट तल गई टाउको तथा अनुहारलाई चिसो पार्दछ । फलस्वरुप शरिर पनि स्वत चिसो हुनेछ ।
यसले एकपल्ट चार्ज हुँदा ४ घन्टा सम्म निरन्तर चिसो दिईरहन्छ ।