बिज्ञापन

पानीम डुबेर मृत्यु’अभिनेत्री श्रीदेवीको मृत्यु

बलिउड अभिनेत्री श्रीदेवीको हर्ट एट्याकका कारण मृत्यु नभएको नयाँ तथ्य सार्वजनिक भएको छ । दुबईको गल्फ न्यूजले स्थानीय सुरक्षा निकायलाई उद्धृत गर्दै श्रीदेवीको मृत्यु पानीमा डूब्नाले भएको तथ्य सार्वजनिक गरेको छ ।यो तथ्यसँगै उनको मृत्यु रहस्यमय बनेको छ । यसअघि किन हर्ट एट्याक भनियो र अहिले फेरि यो तथ्य सार्वजनिक हुँदा उनका फ्यानहरु चकित बनेका छन् । एक वैवाहिक समारोहमा भाग लिनका लागि दुबई पुगेकी श्रीदेवीको निधन भएको थियो ।

शनिबार यस्तो दावी गरिएपनि उनको शव भारत ल्याउन भइरहेको ढिलाईले केही अनिष्टको संकेत गरेको थियो । गल्फ न्यूजका अनुसार पोष्ट मार्टमको रिपोर्ट आइसकेको छैन र उनको मृत्यु पानीमा डुबेर भएको देखिएपछि शवलाई भारत लैजाने कार्य केही थप ढिलो हुने भएको छ ।

भारतमा श्रीदेवीको मृत्युले सबै चकित बनेका छन् । करिब तीन सय भारतीय फिल्ममा खेलेकी यी नायिकाको पछिल्लो फिल्म मम थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
1
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button