आज नेपाल विरूद्ध इन्डोनेशियाको खेल हुँदै

कतार फुटबल एसोसिएसन (क्युएफए) को आयोजनामा भइरहेको छैठौं एसियन आप्रवासी फुटबल प्रतियोगिता अन्तर्गतको आफ्नो अन्तिम खेलम नेपालले आज इण्डोनेशिया सँग खेल्दैछ।साविकको मैदान परिवर्तन भई बिहीबारको खेल अल दुहैल स्पोर्टस क्ल्ब स्थित अब्दुल्लाह बिन खलीफा रंगशालामा बेलुका ८ बजे बाट शुरू हुँदैछ।यसअघि सो दिनको खेल दोहा रंगशालामा हुने भनिएको थियो।खेल हेर्न प्रवेश निशुल्क रहेको छ।खेलको प्रतक्ष्य प्रशारण नेपाली फुटबल टिम,कतार ले गर्नेछ।

जारी प्रतियोगितामा नेपालले बंगलादेशलाई २-०, जापानलाई २-०, सिंगापुर लाई ७-१ गोल अन्तरले हराउन सफल भएको छ।त्यस्तै नेपाली टिमले लेबनान सँग २-२ को बराबरी खेलेको छ।समूह ‘बी’ मा रहेको नेपाली टिम ४ खेल खेल्दै १० अंकका साथ दोश्रो स्थानमा छ भने लेबनान ५ खेल खेल्दै १३ अंकका साथ पहिलो स्थानमा रहेको छ।

खेल मैदान जाने बाटो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button