सल्वा रोडको गति सिमित बढ्यो

दि पेनिनसुला पत्रिका
औद्योगिक क्षेत्रको इन्टरसेक्सन पछिको सल्वा रोडमा उच्च गति सिमित बढेर १४० किमी/घण्टा सम्म भएको छ ।ट्राफिक विभाग अन्तर्गतको मीडिया तथा ट्राफिक जागरण शाखाका सहायक निर्देशक मेजर जबेर मोहम्मद अल राशिद ओदैबाले गति सीमित बढेको दैनिक अरबिक पत्रिका अल सार्कले लेखेको छ।

“औद्योगिक क्षेत्र पछिको सल्वा रोड सबै ट्राफिक चिन्हमा गति सीमित १२० किमी प्रति घण्टा लेखिएको छ।तर सल्वा रोडको दूरी धेरै भएको हुँदा ट्राफिक विभागले सो रोडमा सवारीको उच्च गतिलाई १४० किमी/घण्टा सम्म अनुमति दिएको छ।त्यस्तै उक्त रोडमा ट्राफिक गस्ती र राडार प्रशस्तै राखिएको छ।”, मेजर आदैबाले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो