कोरोनाभाइरसको पहिलो खोपले प्रयोगको लागि मान्यता पायो

कोरोनाभाइरसको पहिलो खोपले प्रयोगका लागि मान्यता पाएको छ ।

फाइजर / बायोटेक कम्पनीको कोरोनाभाइरस भ्याक्सिन सर्वसाधारणमा प्रयोगका लागि अनुमोदन गर्ने बेलायत विश्वको पहिलो देश बनेको छ।

ब्रिटिश नियामक, एमएचआरए भन्छन्, कोभिड १९ बिरामी विरूद्ध ९५ प्रतिशत सम्म संरक्षण प्रदान गर्ने खोप अर्को हप्ता देखि सर्वसाधारणको लागि उपलब्ध हुनेछ ।

खोपहरू उच्च प्राथमिकता समूहमा पर्ने व्यक्तिहरूको लागि केही दिन भित्र नै सुरू हुन सक्नेछ।

बेलायतले ४ करोड खोपको डोज अर्डर गरिसकेको छ र २ करोड व्यक्तिलाई दिन पर्याप्त छ, जुन २ पटक लगाउनुपर्नेछ ।

यता कतारले पनि सो कम्पनी संग खोपका लागि खरिद सम्झौता गरिसकेको छ । खोप कतारमा आउन अझै बढीमा १ महिनाको समय लाग्न सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button