संखुवासभा समाज कतारको प्रथम साधारण सभा सम्पन्न

नवराज वि.क
रोजगारीको सिलसिलामा कतारमा कार्यरत संखुवासभाबासीहरु एकीकृत हुँदै “संखुवासभालीको पहिचान,बिश्व सामु चिनाउने हाम्रो अभियान “भन्ने मुल नाराका साथ संस्थाको पहिलो साधारणसभा सहित बृहत बनभोज गत शुक्रबारका वक्रा स्थिति फेमिली पार्कमा सम्पन्न भएको छ। लोक बहादुर राई को सभापतित्वमा सम्पन्न उक्त प्रथम साधारण सभा बाट अध्यक्ष लोक बहादुर राईको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति समेत चयन भएको छ । जसमा प्रथम उपाध्यक्ष खगेन्द्र कार्की,उपाध्यक्ष द्रोण कार्की,महासचिव निरन नेपाल,सचिब शिव प्रसाद दाहाल, सचिब बिष्णु श्रेष्ठ,कोषध्याक्ष पदम तामाङ, सह-कोषध्याक्ष ज्ञानु राई सदस्यहरुमा ऋषि ढकाल, शंकरमान राई,राम कुमार ठटाल,शिव खत्री, राजकुमार सुबेदि,युवराज कालाखेती,नबराज पौडेल चयन भएका छन् ।

एनआरएनए एनसीसी कतारका अध्यक्ष नवीन पोख्रेलको प्रमुख आतिथ्यमा समाजसेवी सागर नेपाल संस्थाका प्रमुख सल्लाहकार नरेश श्रेष्ठ सँगै पत्रकार नबराज बि.क लगायत अन्य विशिष्ट व्यक्तिहरूको विशेष उपस्थिति रहेको थियो । वक्ताहरुले समाजले गरेका कार्यक्रमहरुको प्रसंशा गर्दै सामाजिक रूपमा अगामी दिनहरूमा अझ बढी प्रगतिको कामना सहित देश तथा बिदेशमा नयाँ आयम थप्न सकोस् भन्दै शुभकामना दिएका थिए ।

औपचारिक कार्यक्रम द्वीप प्रज्वलन सहित ब्यानर अनावरण र राष्ट्रिय गान बाट शुरु गरिएको थियो । अतिथिहरुलाई स्वागत मन्तव्य द्वितीय उपाध्यक्ष तेज मोक्तानले राख्नुभएको थियो भने संखुवासभाको चिनारी प्रथम उपाध्यक्ष खगेन्द्र कार्की र सांगठनिक तथा प्रगति प्रतिवेदन महासचिब दोर्ण कार्कीले गर्नुभएको थियो । संस्थाको आर्थिक प्रतिवेदन ज्ञानु राईको प्रस्तुतिमा सर्वसहमति बाट पारित गरिएको थियो ।

कार्यक्रममा नेपाली समुदायको हितमा निरन्तर सक्रिय रही महत्त्वपूर्ण योगदान दिदै आउनुभएका वरिष्ठ समाजसेवी सागर नेपाललाई सम्मान सहित मानार्थ सदस्य प्रदान गर्दै खादा तथा दोसल्ला द्वारा सम्मान गरिएको थियो ।त्यस्तै अन्य सम्मानितमा प्रमुख सल्लाहकार नरेश श्रेष्ठ र समाजसेवी रामजी खत्री रहनुभएको थियो । निर्वाचन मण्डलका संयोजक नरेश श्रेष्ठको नेतृत्वमा सर्वसहमतिमा कार्यसमिति चयन गरिएको थियो । कार्यक्रमको संचालन महासचिव द्रोण कार्कीले गर्नुभएको थियो भने सांस्कृतिक संयोजन पदम तामाङको नेतृत्वमा कलाकारहरु निर्मला राई, रानी चौधरी, बिरेन मादेन(लिम्बु),सुबिन राई ,हुत्तराज राई लगायतले गीत गजल तथा नृत्य लगायतका प्रस्तुति दिएका थिए ।