विश्वकप छनौटः जिम्बाबेद्धारा नेपाल एक सय १६ रनले पराजित
विश्वकप छनौटको पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बाबेसंग एक सय १६ रनले पराजित भएको छ । जिम्बाबेले दिएको ३८१ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६४ रन मात्रै जोड्न सक्यो । नेपालका शरद भेषवाकर र आरिफ शेखले अर्धशतक पुरा गरे । भेषवाकरले ५२ र आरिफले ५० रन बनाए ।
यस्तै कप्तान पारस खड्काले ४०, उपकप्तान ज्ञानेन्द्र मल्ले ३२, रोहित पौडेलले ३०, दीपेन्द्र सिंह ऐरीले २३, दलिप नाथ २, बसन्त रेग्मीले २ रन बनाए । सोमपाल कामी अनटआउट १२ र सन्दीप लामिछानेले नटआउट ७ रन जोडे । नेपालको सुरुवात आज पनि राम्रो रहेन । ९ रन जोड्दा नेपालले दिलिप नाथलाई गुमाएको थियो ।
यसअघि बुलवायोमा टस जितेर पहिले व्याटिङ रोजेको जिम्बाबेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३८० रन जोडेको थियो । जिम्बाबेका दुई खेलाडीले सतक प्रहार गरे । सिकन्दर राजाले सर्वाधिक १२३ र ब्रेन्डन टेलरले १०० रन बनाए । यस्तै मिरेले अर्धशतक पारी खेल्दै ५२ रन, झुओले ४१, इरभिनले ३४ रनको योगदान दिए । नेपालका बसन्त रेग्मी र सोमपाल कामीले समान दुई विकेट लिए भने सन्दीप लामिछाने र ललित राजवंशीले समान एक/एक विकेट लिए । – NarayaniOnline