बिज्ञापन

कलाकार राजेन्द्र खड्गी जेल चलान

मानव तस्करीको अभियोग लागेका कलाकार राजेन्द्र खड्गी जेल चलान भएका छन् । खडकीलाई कलाकारको नाममा विभिन्न व्यक्तिलाई अवैध रुपमा दक्षिण कोरिया पुर्‍याएको आरोप लागेको थियो ।
 
जिल्ला अदालत काठमाडौंले खड्गीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । उनलाई अहिले केन्द्रीय कारागार, सुन्धारामा राखिएको छ ।
 
जिल्ला न्यायाधीश टेकनारायण पौडेलको इजलासले शुक्रबार खड्गीलाई जेल चलान गर्न आदेश दिएको सीआर्इबीका प्रमुख पुष्कर कार्कीले बताएका छन् । यसअघि सांस्कृतिक कार्यक्रममा भाग लिन भन्दै खड्गी १२ जनाको टोली लिएर कोरिया गएका थिए । तर, फर्किने बेलामा भने दुईजना मात्र नेपाल आएका छन् ।
 
त्यसबारे दक्षिण कोरियास्थित नेपाली दूतावासले सीआर्इबीलार्इ जानकारी गराएपछि अनुसन्धान थालिएको थियो । प्रहरी हिरासतमा रहेका वेला खड्गीले उनीहरूलार्इ कोरिया लगेको स्वीकार गरेका थिए । – Mero Filmy
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button