भोडाफोनले ग्राहकहरुलाई दिएको क्षतिपूर्ती कसरी प्रयोग गर्ने?

१७ जुलाई देखि प्राविधिक गढबढी बाट समस्या भोगेको भोडाफोनको थ्री जी र फोर जी प्लस भ्वाइस तथा डाटा सेवा लगायतका नेटवर्क यतिखेर पुनः सञ्चालनमा आएको छ । यसैबिच ग्राहकहरुलाई क्षतिपूर्ती स्वरुप भोडाफोनले “यु फस्टर्” नामक प्लानको घोषणा गरेको छ ।घोषणा गरिएको योजना अनुसार ग्राहकहरुले निःशुल्क कल तथा डाटा प्रयोग गर्न पाउने भएका छन् ।
पोष्टपेड
पोष्टपेड ग्राहकहरुको लागि भोडाफोनले १८ जीबी डाटा सित्तैमा दिने भएको छ । डाटा हरेक महिना ६ जीबी गरेर ३ महिना सम्म पाइनेछ ।
प्रिपेड
प्रिपेड ग्राहकहरुको एकाउन्टमा भोडाफोनले ब्यालेन्स कुनैपनि सेवा प्रयोग गर्न ५०० फेल्क्स ५ दिनका सम्मका लागि प्रदान गर्नेछ । यो फेल्क्स ब्यालेन्स दुई हप्ता भित्र आउनेछ र यो एसएमएस मार्फत जानकारी दिईनेछ ।
रोमिङ्ग
नेटवर्क गएको समयमा भोडाफोन पासर्पोट प्याक भएका ग्राहकहरुका लागि यस प्याकको लागत फिर्ता गरेको छ ।
के हो फेल्क्स ब्यालेन्स?
फेल्क्स ब्यालेन्सले कुनै प्याक प्रयोग नगरि लोकल कल,इन्टरनेशनल कल,एसएमएस र इन्टरनेट चलाउन सकिन्छ । फेल्क्स ब्यालेन्स तल दिईएको टेबल अनुसार घट्नेछ ।
जस्तैः
५०० फेल्क्स ब्यालेन्स विभिन्न तरिकाले प्रयोग गर्न सकिनेछ ।
१ जीबी डाटा १०० नेपाल मिनेट १०० लोकल मिनेट
वा
२ जीबी डाटा ३० नेपाल मिनेट ४० लोकल मिनेट
फेल्क्स ब्यालेन्स चेक गर्न *130# डायल गर्न सकिनेछ । साथै थप जानकारीको लागि vodafone.qa/flex लगइन गर्नुहोला ।
