कतार र नाटो बीच सैन्य सहकार्यमा सम्झौता

कतार र उत्तरी अटलांटिक सन्धि संगठन (नाटो) बीच सैन्य सहकार्यका तथा सुरक्षा मुद्दाका लागि सम्झौता भएको छ।बेल्जियम भ्रमणमा रहनुभएका कतारी अमिर शेख तमिम विन हमाद अल थानी र नाटोको सचिव जनरल जेन्स स्टोलटेनबेर्गको उपस्थितिमा कतार सुरक्षा फौजको प्रतिनिधित्व गर्दै कतार सरकार र नाटो बीच उक्त सम्झौता भएको हो।सम्झौतामा कतारी उपप्रधानमन्त्री तथा विदेश मन्त्री शेख अब्दुल्लाह रेहमान अल थानी र नाटो उपसचिव रोज गोत्तेमिएल्लेरले हस्ताक्षर गरेका छन्।

भेटघाटको क्रममा नाटोका सचिवले कतारी अमिरलाई आतंकवाद विरुद्ध लडेको र विषेशगरी उदेड एयर बेस मार्फत नाटोलाई सहयोग पुर्याएको भन्दै धन्यबाद व्यक्त गरेका छन्।

सम्झौताको बारेमा ट्वीट मार्फत बोल्दै अमिरले महत्वपूर्ण कुटनीतिक विषय रहेको र यसले खाडी क्षेत्र सँगै विश्व शान्तिको लागि प्रोत्साहन गर्ने बताउनुभएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button