आज नेपाल र श्रीलंका भिड्दै

कतार फुटबल एसोसिएसन (क्युएफए) द्वारा जारी छैठौं एसियन आप्रवासी फुटबल प्रतियोगिताको क्वाटरफाइनल खेलमा नेपालले आज श्रीलंकाको सामना गर्दैछ। गत वर्ष प्रतियोगिताको समूह चरणमा नेपाल र श्रीलंकाले गोलरहित बराबरी खेलेको थियो।खेल दोहा बस स्टेशन नजिकैको दोहा स्पोर्ट्स स्टेडियममा बेलुका ९:२० बजे देखि शुरू हुँदैछ।खेल हेर्न दर्शकलाई प्रवेश निशुल्क रहेको छ।

जारी प्रतियोगिताको समूह चरणको खेलहरूमा नेपालले बंगलादेशलाई २-०, जापानलाई २-०, सिंगापुर लाई ७-१ र इण्डोनेशिया लाई २-० गोल अन्तरले हराउन सफल भएको थियो।त्यस्तै नेपाली टिमले लेबनान सँग २-२ को बराबरी खेलेको छ।समूह ‘बी’ मा रहेको नेपाली टिम ५ खेल खेल्दै १३ अंकका साथ दोश्रो स्थानमा रहन सफल भयो। लेबनान ५ खेल खेल्दै १३ अंकका साथ बढी गोल अन्तरको आधारमा पहिलो स्थानमा रह्यो।
नेपालले गत वर्ष सेमिफाइनलमा सम्मको यात्रा तय गरेको थियो।सेमिफाइनलमा नेपाल लेबनान सँग ६-० गोल अन्तरले हारेको थियो।प्रतियोगिताको पाँचौं संस्करण जोर्डनले जितेको थियो।

प्रतियोगितामा उपाधि चुम्ने लक्ष्यका साथ आएको नेपाली टिमले यस पटक खेलाडी छनौट समेत गरेको थियो।संजीव वाइवा बाट प्रशिक्षण पाइरहेको नेपाली टिममा हाल कप्तान शिव श्रेष्ठ,अर्जुन सुब्बा,अनिल धिमाल,इन्द्र जंग लिम्बू, मिलन थापा,भक्त भण्डारी,पासाङ शेर्पा,दावा लामा, विकेश भण्डारी, पवन नापित,दीपक सुनार,गणेश खड्का र भरत धिताल लगायतका खेलाडी समावेस छन्।खेल नेपाली फुटबल टिम,कतार ले प्रतक्ष्य प्रसारण गर्नेछ।
खेल मैदान जाने बाटो