पीडित कामदारको मुद्दा अब एक महिना भित्र फैसला हुने

पीडित कामदारको उजुरी छिटो फैसला गर्न “श्रम विवाद समाधान समिति” गठन भएको छ। सन् २०१७ को कानुन नम्बर १३ लाई कार्यान्वयनमा ल्याउँदै समितिले मार्च १८ देखि काम शुरू गर्नेछ।हाल सम्म पीडित कामदारको उजुरी हेर्दै आएको अदालतले मार्च १८ देखि कुनै पनि उजुरी नलिने प्रशासनिक विकास,श्रम तथा सामाजिक मामिला मन्त्रालय र सर्वोच्च न्यायालय परिषदले बताएको छ।

कहाँ उजुरी गर्ने ?

मन्त्रालयको अनुसार अब श्रमिकले हरेक प्रकारको उजुरी निम्न कार्यालयमा गएर पेश गर्नुपर्नेछ :

  • दफ्ना स्थित अलहुदा टावरको पहिलो तल्लामा रहेको श्रम उजुरी विभाग
  • औद्योगिक क्षेत्रमा रहेको मन्त्रालयको कार्यालय
  • अलखोरमा रहेको मन्त्रालयको कार्यालय
  • निजी क्षेत्रमा काम गर्ने कतारी नागरिकको लागि दफ्ना स्थित अल फैसल टावर को २९ औं तल्लामा रहेको मन्त्रालयको कार्यालय

 

पीडित कामदारको मुद्दा फैसलामा हुने ढिलाइ कम गर्न र उजुरीको लागि कामदारले गर्नुपर्ने कानुनी प्रक्रिया सहज बनाउन समिति गठन गरिएको मन्त्रालयले बताएको छ।कामदारको उजुरी नयाँ गठित समितिले एक महिना भित्र फैसला गर्ने मन्त्रालयले जनाएको छ।यसअघि कामदारको मुद्दा बर्षौ सम्म पनि फैसला नहुने र महिनै पिच्छे तारेख धाउन पर्ने समस्या रहेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button