कतारमा कपडा उद्योग खोल्न नेपाली व्यवसायी इच्छुक छन् : राजदूत

नेपाली व्यवसायीहरु कतारमा कपडा उद्योग खोल्न अवसर खोजिरहेको कतारका लागि नेपाली राजदुत रमेश प्रसाद कोइरालाले बताउनुभएको छ।कतारको आर्थिक क्षेत्र विस्तारको जिम्मा लिएको मनटेकका अधिकारी र नेपाली व्यवसायी बीच शनिबार यस विषयमा बैठक सम्पन्न भएको छ।बैठकमा उपस्थित ४५ नेपाली व्यवसायीलाई कतारी अधिकारीले कतारको भावी आर्थिक क्षेत्रमा विदेशी लगानीकर्ताको सुविधाबारे विस्तृत गरेका थिए।

कपडा व्यवसाय विशेषगरी ऊनी कपडा उत्पादनमा दक्ष नेपाली व्यवसायीले कतारको भावी आर्थिक क्षेत्रमा व्यवसाय विस्तार गर्ने सम्भाव्यता खोजिरहेको राजदूत कोइरालाले बताउनुभएको छ।अन्य देश बाट आयात हुने कपडाको राम्रै बजार भएको कतारी क्षेत्रमा नेपाली व्यवसायीले पनि उद्योग खोली कपडा उत्पादन गर्न सके बजारमा पकड जमाउन निकै सजिलो हुने देखिन्छ। कतार बाट युरोपियन राष्ट्र पुग्न ५ देखि ६ घण्टा लाग्ने गर्दछ।त्यसैले निर्यातका लागि पनि कतार राम्रो स्थान हुन सक्दछ।

“यहाँ उद्योग खोल्न सकिए नेपाली व्यवसायीको लागि कतार वरदान सावित हुनेछ । त्यस्तै कतारमा आर्थिक क्षेत्रको सुरुवात सँगै नेपाली व्यवसायीको यहाँ विभिन्न पसल सञ्चालनमा आउनेछ।”, राजदूत कोइरालाले बताउनुभएको छ।

गार्मेन्ट तथा बुनाई उद्योग खोल्ने बारे कतारी अधिकारीहरू सँग छलफल गरिसकेका छौ।पानी र बिजुलीको प्रयाप्त सुविधा भएको कतारमा उद्योग खोल्न उपयुक्त स्थान हो ।कतारी अधिकारी सँग हाम्रो छलफल अनुसार उद्योग खोल्न आर्थिक रूपले पनि उपयुक्त छ।कतार युरोप र अफ्रिकाको बीचमा रहेको हुँदा यहाँ बाट निर्यात पनि राम्रै हुने विश्वास गर्न सकिन्छ।”,नेपालमा उनी कपडा उत्पादनमा सफल व्यवसायी मास्के कन्ट्रयाक्टटिङका प्रबन्ध निर्देशक सुनिल मास्केले कतार ट्रिव्युन पत्रिका लाई बताएका छन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button