रमादान महिना भित्र कतार डेरी पदार्थ उत्पादनमा आत्मनिर्भर हुने

एजेन्सी
अबको दुई महिनामा शुरू हुने पवित्र महिना रमादान भित्र कतार डेरी पदार्थ उत्पादनमा आत्मनिर्भर हुने विश्वास गरिएको छ।एजेन्सी सँग बोल्दै बलद्नाका प्रमुख मौताज अल खय्यतले दुई महिना भित्र कम्पनीले बजारको माग पूरा गर्ने बताएका हुन्।
गत वर्षको जुन देखि छिमेकी राष्ट्र साउदी अरेबिया,युएई,बहराइन र इजिप्टको नाकाबन्दी बाट माथि उठ्न कतारले अन्य क्षेत्र सँगै दुध तथा डेरी उत्पादनमा आत्मनिर्भर हुन विशेष जोड दिएको थियो।

कम्पनीका प्रमुख अल खय्यतले भोलि सम्म अमेरिकाका बाट जल मार्ग हुँदै ३२०० गाई कतार भित्रिने बताएका छन्।त्यस्तै मे मा थप ३२०० र नोभेम्बर महिनामा ३००० गाई आयात गर्ने उनले बताए। सन् २०१९ भित्र जम्मा २०,००० गाईको साथ दैनिक ५०० टन दूध तथा दहीका पदार्थ पूरा क्षमताका साथ उत्पादन गरी १०० टन निर्यात समेत गर्ने कम्पनीको लक्ष्य रहेको छ।
नाकाबन्दी पश्चात कम्पनीले तत्काल ४००० गाई अमेरिका र यूरोप बाट आयात गरेको थियो।नाकाबन्दी अघि कतारले दैनिक ४०० टन दूध र दही साउदी अरेबिया बाट आयात गर्ने गर्दथ्यो।

दोहा बाट ५० किलोमीटर पर कम्पनीको अल खोर फार्ममा हाल ४००० गाई राखिएको छ। आरामपूर्वक जम्मा बीस हजार गाई राख्न सकिने क्षमता भएको उक्त फार्म कतारी वातावरण र उच्च तापक्रम सँग उपयुक्त रहेको छ।हाल दूध प्याकेज गर्ने एउटा प्लान्ट रहेको यस फार्ममा यो वर्षको अन्त्य सम्म अर्को प्लान्ट थप्ने कम्पनीले बताएको छ ।
चिडिया घर,पार्क र रेस्टुरेन्ट समेत रहेको उक्त फार्म हेर्न दैनिक दुई हजार सम्म मानिस आउने कम्पनीले जनाएको छ।