कम्पनी बाट १५ हजार रियाल पुरस्कार

नासेर अल अलि कम्पनीले दुई नेपाली कामदारलाई १५ हजार रियाल पुरस्कार प्रदान गरेको छ।कम्पनीमा काम गरेको दस वर्ष पूरा गरे बापत कम्पनीका मालिक नासेर अल अलीले नन्द बहादुर विश्वकर्मा र नर बहादुर मगरलाई नगद पुरस्कार दिएका हुन् ।
“म यस कम्पनीमा सामान्य मजदुरको रुपमा आएको थिएँ।कम्पनीमा काम गर्दै जाँदा म अहिले मिस्त्री भइसकेको छु।महिनाको तलबले मेरो परिवारलाई धान्दै आइरहेको छु।अहिले पाएको रकम पुरस्कारले मेरो छोराछोरीको पढाइमा खर्च गर्नेछु।”,बिश्वकर्माले बताएका छन्।कम्पनीको मालिक एकदमै मिलनसार छन्।यो दस वर्षको अवधिमा मालिकले कसैलाई पनि ठूलो स्वरमा गाली गरेको मैले सुनेको छैन,उनले थपे।

ओखलढुङ्गा घर भएका अर्का नेपाली नर बहादुर मगर आफूले पाएको १५ हजार रियालले जग्गा किन्ने योजना बनाएको बताएका छन्।उनले कम्पनीको मालिक शान्त स्वभावको भएको र परेको बेला सहयोग माग्दा कम्पनीको कुनै कामदार खाली हात फर्कनु नपरेको जानकारी दिएका छन् ।मगर सन् २००८ देखि सो कम्पनीमा कार्यरत छन्।
करिब ९० प्रतिशत बन्दा बढी नेपाली कामदार भएको यस कम्पनीले कामदारलाई विगत देखी नै आवश्यक सहयोग प्रदान गर्दै आईरहेको छ।कम्पनीले उत्कृष्ट कामदारलाई सुनको सिक्का समेत प्रदान गर्दै आइरहेको छ। कम्पनीका प्रमुख अलीले यसअघि भुकम्पमा क्षति पुगेका नेपाली कामदारहरूको घर निर्माण,विकास तथा सामाजिक क्षेत्रमा सहयोग, पिछडिएका र असहाय बालबालिकाको शिक्षामा योगदान समेत गर्दै आईरहेका छन् ।