राजदूत र कतारी अधिकारीहरू बीच भेटघाट सम्पन्न

कतारका लागि नेपालका राजदूत रमेश प्रसाद कोइरालाले दोहास्थित कतारा भिलेज फाउन्डेसनका महाप्रबन्धक डा.खालिद विन इब्राहीम अल सुलाइती सँग सोमवार भेटवार्ता गर्नुभएको छ ।भेटघाटमा कतारा सँगको सहकार्यमा पर्यटन, संस्कृति र जनस्तरको द्विपक्षीय सम्बन्धमा थप अभिवृद्धि गर्ने, नेपाली तथा कतारमा रहेका स्थानीय कलाकारहरुबाट नेपालको विविध साँस्कृतिक कार्यक्रम अभिवृद्धि गर्ने सम्बन्धी कार्यक्रमहरु आयोजना गर्ने, श्रमिक हक हित संरक्षण सम्बन्धी आवश्यक कार्यहरु योजनावद्धरुपमा अगाडी बढाउने सम्बन्धमा छलफल तथा विचार आदान प्रदान गरिएको छ।यसै सन्दर्भमा महामहिम राजदू बाटको अनुरोध अनुसार महाप्रबन्धक सुलाइतीले आवश्यक पहल गर्ने र सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

भेटघाटको सिलसिलामा राजदूत कोइरालाले हिजो कतार फाउन्डेसनका कार्यकारी निर्देशक अलनोवर अल खुलैफि सँग भेटवार्ता गर्नुभएको छ । सो अवसरमा कतारमा कार्यरत नेपाली कामदारहरुको हक हित प्रवर्द्धन, अदक्ष, अर्धदक्ष र दक्ष नेपाली कामदारहरुका लागि कार्यस्थल प्रशिक्षण सहित रोजगारीका अवसरको उपलब्धता एवम् स्तरोन्नती, द्विपक्षीय कला तथा संस्कृतिको प्रवर्द्धन, कतारमा नेपाली स्कूल तथा नेपाली सांस्कृतिक केन्द्रको स्थापना, कामदारहरुका लागि सचेतनामूलक कार्यक्रम संचालन लगायत द्विपक्षीय सम्बन्ध अभिवृद्धि सम्बन्धी विविध विषयहरुमा छलफल तथा विचार आदान प्रदान भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button