नेपाल र लेबनान बीचको खेल स्थगित

छैठौं एसियन आप्रवासी फुटबल खेल अन्तर्गतको सेमीफाइनल खेलमा नेपाल लेबनान बीचको खेल अवरुद्ध भएको छ।हिजो राती दोहा स्पोर्ट्स स्टेडियममा भएको खेलमा रेफ्रीले लेबनानको पक्ष लिएको भन्दै नेपाली टिमले मैदान छाडेको थियो।त्यस लगत्तै नेपाली दर्शक खेल मैदानमा पसेपछि सुरक्षाका कारण बाँकी समयको खेल हुन सकेन।
खेलमा नेपाल विरूद्ध लेबनानले दुई गोल गरेको थियो।पहिलो गोल अफ साइड र दोस्रो गोल बिना गल्ती रेफ्रीले दिएको पेनाल्टी मार्फत लेबनान गोल गरेको थियो।खेल पुन खेलाईने वा लेबनानले जित्ने कतार फुटबल एसोसिएसनको निर्णय बाट हुने नेपाली फुटबल टिम कतारका अधक्ष्य संजीव रानाभाटले जानकारी दिनुभएको छ।