कतारका विदेशमन्त्री चीन भ्रमणमा

कतारका विदेशमन्त्री शेख मोहम्मद विन अव्दुलरहमान अलथानी बेइजिङ भ्रमणमा पुग्नु भएको छ। उहाँका चिनियाँ समकक्षीले एक दिन अगाडि मात्र युनाइटेड अरब इमिरेट्सका वरिष्ठ सरकारी अधिकारी चीन भ्रमणमा जानुभएको र गल्फ राष्ट्रबीच बढेको मनमुटाब सुधार हुनसक्ने आशा गरिएको बताउनुभएको थियो।

चिनियाँ विदेश मन्त्रालयका अनुसार कतारका विदेश मन्त्री सेख मोहमद बिन अब्दुलरहमान अल थानीले चिनियाँ विदेश मन्त्रीलाई बिहीबार बेइजिङमा भेटी हालै कतारलाई अरू छिमेकी राष्ट्रहरूले लगाएको नाकाबन्दीका बारेमा कुराकानी गर्नुभएको  छ ।

विदेशमन्त्री शेख मोहम्मद विन अव्दुलरहमानले नोवेम्बर २०१४ मा चाइना-कतार सम्झौतामा चाइनाले भने बमोजिम काम गरिरहेकोमा  खुशी ब्यक्त गर्नुभएको थियो।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङका अनुसार चीनले आतङ्कवादविरुद्धको लडार्इँ र गल्फ राष्ट्रको एकताका लागि सधैँ सहयोग बताउनु भएको छ ।

साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, इजिप्ट र बहराइनले करिब एक महिना अगाडिबाट हवाई समुद्रि र स्थलमार्गबाट कतारलाई नाकाबन्दी लागाउँदै आएको छ।

कतारले मुस्लिम अतिवादीहरूलाई आश्रय र प्रश्रय दिएको आरोप ती देशको छ। तर कतारले भने यसको ठाडै अस्वीकार गर्दै आएको छ। उसले यो सबै कतारलाई उसको विकासबाट अत्तालिएकाहरूले देशलाई नै तहसनहस बनाउने उद्देश्यले गरिएको षड्यन्त्रको रूपमा आफ्नो तर्क राख्दै आएको थियो। – क्युएन खबर/ रासस/एपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button