आज श्रावण १ गते लुतो फाल्ने दिन

२०७४ साल श्रावण १ गते आईतवार २०१७ जुलाई महिना १६ तारिख सप्तमी । 

सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने साउन १ गतेलाई साउने संक्रान्तिका रुपमा मनाइन्छ । सूर्यले आजैदेखि दक्षिणको यात्रा गर्ने भएकाले दक्षिणायन पनि कर्कट संक्रान्तिकै दिनदेखि सुरु हुने मान्यता छ । साउने संक्रान्तिका दिन कण्डारक नाम गरेको रात्रिचर (राति हिँड्ने) को पूजा गरी बलेको अगुल्टो फालेपछि बर्खाभर खेतबारीको काम गर्दा लागेको छालाको रोग, खटिरा, लुतो आदि निको हुने शास्त्रीय मान्यता रहेको छ । यस दिन नदि किनारमा गर्इ शरीरमा लेसिलो पहेंलो माटो दलेर नुहाउँदा फोहोरजन्य कारणबाट अाउने लुतो फालिन्छ भन्ने जनविश्वाश छ भने कसैले भान्टालाई दूलो पारेर चौबाटोमा फालिदिएर नुहाएमा समेत लुतोबाट छुटकारा पाइने जनविश्वास पनि रहिआएको छ।
श्रावण महिना भगवान शिवको महिना हो र यस महिनाको हरेक सोमबारको विशेष महत्व रहिआएको छ ।

– कतारको आजको पञ्चाङ्ग –

अंग्रेजी मितिः ई.सं. २०१७ जुलाई महिना १६ तारिख | आईतवार  | नेपाली मितिः वि.सं. २०७४ । नेपाल सं. ११३७ । श्रावण महिना १ गते ।
तिथीः ग्रीष्म ऋतु श्रावण कृष्णपक्षको सप्तमी तिथी ११:०७ बजे सम्म उपरान्त अष्टमी तिथी । योगः सुकर्मा योग।
नक्षत्रः रेवती नक्षत्र २१:५० बजेपछि अश्विनी नक्षत्र । चन्द्रमाः  मीन राशिमा २१:५० बजेपछि मेष राशिमा ।
दोहामा सूर्योदयः ०४:५३ बजे  र दोहामा सूर्यास्तः ६:२६ बजे हुनेछ ।

राहुकालः १६:४१ देखी १८:२२  बजे सम्म  । शुभ मुहूर्त : ९:५९ देखी ११:४० बजे , १३:२१ देखी १५:०१ बजे सम्म  ।

कतार को मौसम 

आजको उच्च तापक्रम ४३ डिग्री र न्युनतम तापक्रम ३१ डिग्री सेल्सियस बिच रहने छ ।


विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २७ रुपैंयाँ ६९ पैसा र नेपाली बिक्रि दर २७ रुपैंयाँ ८५ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

हिजोको सुनको दर -भाऊ
२४ क्यारेट सुन = १५३ रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१४३ कतारी रियाल रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button