घाममा काम लगाउने ५६ कम्पनी कारबाहीमा

प्रशासनिक विकास श्रम तथा सामाजिक मामिला मन्त्रालयले घाममा काम लगाउने ५६ कम्पनीलाई कारबाही गरेकोे छ । मन्त्रालयले जुन १५ देखि १८ तारिक सम्म गरेकोे निरीक्षणमा ती कम्पनीहरुले नियमको उल्लंघन गरेको भेटिएको थियो ।
२००७ को मन्त्रिपरिषदको निर्णय १६ अनुसार कतारमा जुन १५ देखी अगस्ट ३१ सम्म बिहान ११:३० बाट बेलुका ३ बजे सम्म बाहिर घाम पर्ने खुला क्षेत्रमा काम लगाउन पाईदैन ।
الوزارة تخطر (٥٦) شركة بإغلاق مكان عملها لمدة (٣) أيام لمخالفتها القرار الوزاري رقم (١٦) لسنة ٢٠٠٧ بتحديد ساعات العمل في أماكن العمل المكشوفة خلال الصيف. يأتي ذلك نتيجة الحملات التفتيشية المكثفة التي قامت بها الوزارة خلال الفترة ١٥-١٨ يونيو
للتفاصيل: https://t.co/Gk1SblPtHR
— وزارة التنمية والعمل (@ADLSAQa) June 19, 2020
कारबाहीमा परेका निर्माणाधीन , कृषि र उद्योग क्षेत्रका ती कम्पनीलाई तीन दिन बन्द गर्नुपर्ने सजाय दिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सबै कम्पनीलाई निषेधित समयमा काम नलगाउन निर्देशन दिएको छ । कम्पनीले नियमको उल्लंघन गरे ४०२८०६६० मा सम्पर्क गर्न मन्त्रालयले आग्रह समेत गरेको छ ।