३७९८ पदको लागि जागिर खुल्यो

प्रशासनिक विकास,श्रम तथा सामाजिक मामिला मन्त्रालयले ३७९८ पदको लागि जागिर घोषणा गरेको छ।हिजो एक पत्रकार सम्मेलन गर्दै मन्त्रालयले ३३३७ सरकारी क्षेत्र र ४६१ निजी क्षेत्रको लागि आवेदनको आवहान गरेको हो।
पत्रकार सम्मेलनमा बोल्दै मन्त्री इसा विन साद अल जफली अल नुआइमिले जागीरको लागि मन्त्रालयमा यसअघि आफ्नो कागजपत्र बुझाएकाहरुको लागि आज देखि आवेदन खुला गरिने बताएका छन्।

निवेदन बुझाउने व्यक्तिलाई दुवै क्षेत्रमा उपलब्ध भएका जागीरको लागि आफ्नो इच्छा अनुसार रोज्न लगाइनेछ।तर जागीरको लागि निवेदकको योग्यता र क्षमता भने मिल्नुपर्ने छ।त्यसपछि कम्पनीको बाँकी प्रक्रियाको लागि मन्त्रालयको रेखदेखमा आवश्यक मापदण्ड र अन्तरवार्ताको लागि अघि छानिनेछ।
त्यस्तै मन्त्रालयमा आफ्नो कागजपत्र नबुझाएकाले मन्त्रालयको कुनै सेवा केन्द्रमा गई कागजपत्र बुझाएर नाम दर्ता गर्न आग्रह गरेको छ।दर्ता पश्चात मन्त्रालयको वेबसाइट मार्फत अप्रिल १ तारिख बाट आफ्नो योग्यता अनुसार जागीरको लागि निवेदन दिन सकिनेछ।

निवेदकले जम्मा तीन वटा पदको लागि निवेदन दिन पाउनेछन्।छुट्टाछुट्टै समयमा हुने अन्तरवार्ताको लागि मन्त्रालयले खबर गर्नेछ।त्यसपछि अन्तरवार्ता पास भएको वा नभएको भनी मन्त्रालयले निवेदकको मोबाइलमा म्यासेज पठाउनेछ।पास भएकाहरूको बाँकी प्रक्रिया अघि बढ्नेछ।
कम्पनीले इन्टरभ्यु पास नभएका निवेदकको कारण अनिवार्य रुपमा देखाउनुपर्नेछ।मन्त्रालयले उनीहरूलाई आफ्नो क्षमता वृद्धि गर्न,अन्तरवार्ता कसरी दिने,सिभी कसरी बनाउने लगायतका विषयमा वर्कशप समेत सञ्चालन गरिनेछ।त्यस्तै दुई पटक इन्टरभ्यु फेल भएका निवेदकको लागि विशेष वर्कशप सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।