तेस्रो स्थानको लागि जोर्डन विरुद्धको खेल नेपालले नखेल्ने

कतार फुटबल एसोसिएसनद्वारा जारी  छैठौं एसियन आप्रवासी फुटबल प्रतियोगिता अन्तर्गत तेस्रो स्थानको लागि आज हुनुपर्ने नेपाल विरुद्ध जोर्डन बीचको खेल नहुने भएको छ। सेमीफाइनल खेलमा रेफ्रीको गलत निर्णयका बावजूद लेबनान लाई जिताउँदा चित्त नबुझाएको नेपाली टिमले आजको खेलमा दर्शक उपस्थित गराउन नपाउने भएपछि नेपालले खेल नखेल्ने भएको हो।

गत हप्ता दोहा स्पोर्ट्स स्टेडियममा लेबनान विरुद्ध भएको खेलमा रेफ्रीले बारम्बार गलत निर्णय गरेको भन्दै नेपाली टिमले मैदान छाडेको थियो।त्यसलगत्तै नेपाली दर्शक मैदान पसेपछि सुरक्षाका कारण जनाउँदै आयोजकले खेल स्थगित गरेको थियो।त्यस्तै आईतबार रेफ्री र आयोजक पक्ष बीच सो खेलको लागि बसेको बैठकले लेबनानको पक्षमा निर्णय सुनाएपछि नेपालको फाइनल यात्रा समाप्त भएको थियो।

यसैबीच नेपाली फुटबल टिम कतारको निर्णयले दर्शकहरुमा पर्न गएको असुविधा प्रति टिमले आज विज्ञप्ति सार्वजनिक गर्दै क्षमा मागेको छ।आईतबार आउने राष्ट्रिय टिमको खेलाडी समावेस गरी एक मैत्रीपूर्ण खेल आयोजना गर्ने टिमका अधक्ष्य सञ्जीव रानाभाटले क्युएन खबरलाई जानकारी दिनुभएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button