विश्वकै पाँचौं उत्कृष्ट बन्यो हमाद अन्तराष्ट्रिय विमानस्थल

कतारको हमाद अन्तराष्ट्रिय विमानस्थल विश्वकै उत्कृष्ट पाँचमा पर्न सफल भएको छ।स्वीडेनमा हालसालै भएको प्यसेन्जार टर्मिनल एक्स्पोमा स्काई ट्राक्स २०१८ को पाँचौँ उपाधि विमानस्थलले स्थान हासिल गरेको हो।
त्यस्तै हमाद विमानस्थल चार वर्ष यतादेखि मध्यपूर्वकै उत्कृष्ट र यात्रु सेवामा तीन वर्ष यता देखि लगातार उत्कृष्ट हुन सफल भएको छ।

वार्षिक तीन करोड यात्रु धान्न सक्ने क्षमता भएको हमाद विमानस्थल पाँच तरे सेवा सुविधा,उत्कृष्ट स्टाफ सेवा,कलात्मक बनावट,आरामदायी टर्मिनल आदिको लागि प्रख्यात रहेको छ।

विश्वको १४० विमानस्थल समावेस स्काई ट्राक्स अवार्ड ११० राष्ट्रका झण्डै १३ मिलियन हवाई यात्रुको भोटिङको आधारमा सञ्चालन भएको थियो।
उत्कृष्ट १० विमानस्थल
१. चंगी अन्तराष्ट्रिय विमानस्थल, सिंगापुर
२. इन्चिअन अन्तराष्ट्रिय विमानस्थल,दक्षिण कोरिया
३. हनेदा (टोकियो विमानस्थल),जापान
४. हङकङ अन्तराष्ट्रिय विमानस्थल,हङकङ
५.हमाद अन्तराष्ट्रिय विमानस्थल,कतार
६.मुनिख अन्तराष्ट्रिय विमानस्थल, जर्मनी
७. सेन्ट्राऐर नागोया अन्तराष्ट्रिय विमानस्थल,जापान
८. हेथ्रो विमानस्थल,लण्डन
९.जुरिच अन्तराष्ट्रिय विमानस्थल,स्विट्जरल्याण्ड
१०. फ्रैंकरुफ्ट विमानस्थल, जर्मनी
ती विमानस्थलहरूको प्रतिस्पर्धा यात्रुको सहजता,सुरक्षा,खाना तथा पिय पदार्थको विकल्प,डिजाइन र किनमेल अनुभवको आधारमा सञ्चालन गरिएको थियो।