कतार आइपुग्यो राष्ट्रिय फुटबल टिम

युएईमा हुने एएफसी एसिया कप २०१९ को छनौट चरणको अन्तिम खेलको लागि २० सदस्यीय नेपाली टोली कतार आइपुगेको छ।नेपाली टोलीलाई स्वागत गर्न नेपाली फुटबल टिम,कतारका अधक्ष्य सन्जीब रानाभाट सहित अन्य सदस्यहरु हमाद विमानस्थल पुगेका थिए । नेपालले २७ मार्च,मंगलबारको दिन सुहेम विन हमाद रंगशाला(कतार स्पोर्ट्स क्लब) मा यमन विरुद्ध बेलुका ६:१५ मा खेल्दैछ।खेल हेर्न प्रवेश निशुल्क रहेको छ।

यसअघि काठमाडौँमा नेपालले यमनसँग गोलरहित बराबरी खेलेको थियो । छनोट खेलमा पाँच खेल खेलेको नेपालले दुई खेलमा बराबरी खेलेको छ ।

दुई अंक जोडेको नेपालका लागि मंगलबारको खेल प्रतिष्ठाका लागि मात्र हुनेछ । समूह ‘एफ’मा रहेको नेपाल यसअघि नै समूह चरणबाट बाहिरी सकेको छ । समूहमा नेपाल सँगै रहेको फिलिपिन्स ९ अंकका साथ शीर्ष स्थानमा छ भने यमन सात अंकसहित दोस्रो तथा समान सात अंक नै जोडेको ताजकिस्तान गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ । नेपाल अंक तालिकाको पुछारमा छ ।

मंगलबारको खेलमा समावेस नभएका खेलाडीहरू

स्ट्राइकर अनिल गुरुङले फिलिपिन्स विरुद्ध भएको खेल पश्चात लिएको सन्यासका कारण यमन सँगको खेलमा देखिने छैनन्।त्यस्तै भरत खवास प्रतियोगिताको पछिल्लो खेलहरूमा पाएको दुई एल्लो कार्डका कारण,जगजित श्रेष्ठ अष्ट्रेलियामा भएका कारण,मिडफिल्डर विक्रम लामाको बुढा सुब्बा गोल्ड कपमा खुट्टा भाँचिएका कारण,डिफेन्डर जितेन्द्र कार्की र कमल श्रेष्ठ चोटका कारण,मिडफिल्डर राजेन्द्र रावल र गोलकिपर विशाल श्रेष्ठ फेरबदलका कारण यमन विरुद्धको खेलमा देखिने छैनन्।

 

बिज्ञापन : नेपाली चलचित्र शत्रु गते

कतार आएका २० सदस्यीय नेपाली टोली

गोलकिपर :

बिकेश कुथु, किरण चेम्जोङ र एलन न्यौपाने ।

डिफेण्डर:

अनन्त तामाङ, विराज महर्जन, रजिन धिमाल, आदित्य चौधरी, दिनेश राजवंशी र देवेन्द्र तामाङ।

मिडफिल्डर :

सुजल श्रेष्ठ, अञ्जन विष्ट, रोहित चन्द, विशाल राई, सुनिल वल, हेमन गुरुङ र हेमन्त थापामगर ।

 स्ट्राइकर:

विमल घर्ती मगर, सुमन लामा, नवयुग श्रेष्ठ र जर्ज प्रिन्स कार्की  ।

मुख्य प्रशिक्षक: योतुकु कोजी ।

प्रशिक्षक :  राजुकाजी शाक्य ।

गोलकिपर प्रशिक्षक : उज्ज्वल मानन्धर ।

कतार स्पोर्टस क्लब जाने बाटो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button