चर्चित गायक अतिफ अस्लम कतार आउँदै

बलिउड क्षेत्रमा स्थापित पप गायक अतिफ अस्लम कतार आउने तय भएको छ।ग्रान्ड मल स्थित एसियन टाउन एम्फिथिएटरमा हुने “अतिफ असलम नाईट इन दोहा” नामक सांगीतिक कार्यक्रमको लागि अस्लम कतार आउन लागेका हुन्।

इम्प्रेसन इभेन्ट्सको प्रस्तुतिमा हुन लागेको उक्त कार्यक्रमको टिकट दर ७५ देखि २००० कतारी रियाल सम्म तोकिएको छ।नोभेम्बर १७ तारिख बेलुका ५ बजे बाट सुरु हुने सो कार्यक्रमको अग्रिम टिकट भने q-tickets.com र आयोजकको सी रिङ रोडमा रहेको कार्यालय गएर खरिद गर्न सकिनेछ।

देशकै चौथो ठूलो पुरस्कार “तम्घा इ इम्तियाज” लगायत थुप्रै अवार्ड जितिसकेका पाकिस्तानी मूलका गायक अस्लम भारतमा सबै भन्दा प्रख्यात छन्।उनको पहेली नजर में,दूरी,तु चाहिए,वो लम्हे,तेरे बिन लगायत दर्जनौ गीतमा चर्चामा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button