यमनसँग हार्यो नेपाल

एएफसी एसियन कप छनौट चरणको अन्तिम खेलमा नेपालले यमनसँग हार बेहोरेको छ । आज दोहा स्थित सुहेम विन हमाद रंगशालामा भएको खेलमा नेपाल यमनसँग २–१ ले पराजित भएको हो ।जितसँगै यमनले २०१९ मा युएईले आयोजना गर्ने एएफसी एसियन कपमा आफ्नो स्थान सुरक्षित बनाउन सफल भएको छ ।

खेलको २४ औं मिनेटमा अब्दुलेवासिया अल मातारीले गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए ।त्यस्तै पहिलो हाफको ४६ औ मिनेटमा बिशाल राईको फ्रिकिकमा नवयुग श्रेष्ठले हेडिंग मार्फत गोल फर्काउदै खेल बराबरीमा पुराउन सफल भए ।तर खेलको ८३ औं मिनेटमा विराज महर्जनले डिबक्स भित्र विपक्षी खेलाडी लडाएपछि यमनले पाएको पेनाल्टीमा मातरीले नै गोल गर्दै यमनलाई २–० को जित दिलाए ।

समूह ‘एफ’ बाट फिलिपिन्स समुहको विजेता र यमन उपविजेता बन्दै एसियन कपमा छनोट हुँदा नेपाल र ताजिकिस्तान भने बाहिरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button