नेपालमा लामो दुरीको यातायात र हवाई उडान असोज ५ गतेबाट खुला हुने

नेपाल सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गते (सेप्टेम्बर २१ तारिख) बाट खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ५ देखि लामो दुरीको बस र आन्तरिक हवाई उडान सञ्चालन गर्न दिने निर्णय भएको एक मन्त्रीले बताए ।
ती मन्त्रीका अनुसार यातायातका साधानले सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु बोक्न पाउनेछन् । गत चैत ११ गतेदेखि लकडाउन भएपछि सार्वजनिक यातायात बन्द थियो भने व्यवसायीले खुलाउन माग गर्दै आएपनि सरकारले जोखिम रहेको भन्दै सञ्चालनको अनुमति दिएको थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो