यमनी युद्धमा नाम मुछिएपछि कतारको आपत्ति

यमनमा जारी द्वन्द्वमा त्यहाँको प्रधानमन्त्रीले कतारको नाम लिएपछि कतारले आपत्ति जनाएको परराष्ट्र मन्त्रालयले बताएको छ । हौथी आन्दोलनलाई कतारले गरेको समर्थनको बारेमा बोल्दै येमेनी प्रधानमन्त्रीले लगाएको झूटा आरोपको कतारले खण्डन संगै निन्दा गरेको छ ।
विज्ञप्तिमा मन्त्रालयले यमनी प्रधानमन्त्रीले कतारको विरुद्धमा हास्यास्पद आरोप लगाउने प्रयास गरेको बताएको छ ।अहिलेको स्थितिमा यमनमा भैरहेको द्वन्द्व तिर प्रधानमन्त्रीले आफ्नो ध्यान केन्द्रित गर्दै येमनी जनतालाई पुनर्मिलनको बाटाे तर्फ लैजान कतारले सुझाव दिएको छ ।
मन्त्रालयले यमेनी अधिकारीहरुलाई अन्तर-क्षेत्रीय द्वन्द्वबाट टाढा राख्न र उनीहरुसंग कुनै सम्बन्ध नभएको द्वन्द्वको पक्षमा आफ्नो जनतालाई बिचमा नपार्न आग्रह गरेको छ।
मन्त्रालयले वर्षौंदेखि पीडित यमेनी जनतासँग कतार सरकार र कतारको जनताको ऐक्यबद्धता रहेको पुष्टि गर्दै युद्धको दिगो समाधानको खोजीका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय प्रयासको समर्थन गर्न कतारले कुनै कसर बाँकी नराख्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।