तलब नपाएकालाई नेपाली मुस्लिम समाजको सहयोग

महिनौ देखि तलब नपाई समस्यामा परेका नेपाली तथा विदेशी महिला कामदारलाई अन्तराष्ट्रिय नेपाली मुस्लिम समाज कतारको पहलमा सहयोग हस्तान्तरण भएको छ।अन्तराष्ट्रिय नेपाली मुस्लिम समाजको विशेष पहलको साथमा नेपाली राजदुतावास,कतारको राष्ट्रिय मानवअधिकार समिति र कतार रेड क्रिसेन्टको समन्वयनमा आज दुई छुटाछुटै महिला कामदारको आवास पुगी सहयोग गरिएको हो।

सहयोग ऐन खलिदस्थित युनाइटेड क्लिनिङ कम्पनी र अल खिसा क्याम्पमा समाजका अध्यक्ष मोहम्मद मुक्तादा मुसलमान लगायत अन्य प्रतिनिधिहरुको उपस्थितिमा ४३ जनालाई प्रति व्यक्ति तीन सय रियालको फुड भाउचर सहयोग गरिएको छ।ती क्याम्पहरुमा झण्डै ६ सय महिला कामदार तलब नपाएको कारण अलपत्र छन्।आजको संयुक्त टोलीले पीडितको उद्धारको लागि पहल समेत गर्ने बताएका छन्।
