तेलको भाउ घट्यो

केही महिना यतादेखि लगातार बढ्दै आएको तेलको भाउ अप्रिल महिनामा घट्ने भएको छ ।भोलि आइतबार १ तारिख देखि लागु हुने गरी डिजेल तथा पेट्रोल दुबैको भाउमा ५ दिरहाले घट्ने कतारको उर्जा तथा औधोगिक मन्त्रालयले जनाएको छ ।

भाउ घटे सँगै अब प्रीमियम पेट्रोलको प्रति लिटर १.८० कतारी रियाल र सुपर पेट्रोलको प्रति लिटर १.९० कतारी रियाल पर्नेछ ।त्यस्तै डिजेलको भाउ पनि ५ दिरामले घटेर प्रति लिटर अब १.८५ कतारी रियाल पर्नेछ ।

सन् २०१६ को अप्रिल महिना देखि विश्व बजारको प्रतिकृया अनुसार कतारमा तेलको भाउ घटबढ हुने सरकारले निर्णय गरेको थियो । त्यसका लागी हरेक महिना सरकारी प्रतिनिधिहरुबाट समिती गठन गरी कतारमा तेलको भाउको समिक्षा गर्ने गरिन्छ ।कतारमा तेलको भाउ बढ्नु अघि प्रीमियम पेट्रोलको १.२०, सुपर पेट्रोलको १.३० र डिजलको १.४० कतारी रियाल प्रति लिटर रहेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो