नेपाल र भारत बीच मैत्रीपूर्ण खेल हुने

स्थानीय नेपाली र भारतीय फुटबल टिम बीच मैत्रीपूर्ण खेल हुनेभएको छ।खेल अप्रिल ६ का दिन बेलुका ७ बजे दोहा स्पोर्ट्स स्टेडियममा हुँदैछ।खेलको लागि प्रवेश निशुल्क रहेको छ ।

 

खेलमा समावेस हुन राष्ट्रिय तथा मनाङ मर्स्याङ्दी क्लबका मिडफिल्डर सुजल श्रेष्ठ,नेपाली राष्ट्रिय यु-२३ तथा थ्रीस्टार/मोरंग्ङ ११ का डिफेन्डर निरज बस्नेत,गोलरक्षक किशोर गिरी सँगै सांगीतिक प्रस्तुति दिन गायक कमल खत्री कतार आउने तय भएको छ।

बिज्ञापन : कतारमा नेपाली चलचित्र शत्रु गते

कतार इन्डियन फुटबल संघद्वारा आयोजित  छैठौं क्युआईए च्याम्पियन्स लिगको उद्घाटन समारोहको अवसरमा खेल आयोजना हुन लागेको हो।गत वर्ष पनि नेपाली र भारतीय टिम बीच मैत्रीपुर्ण खेल भएको थियो।सो खेलको लागि नेपाली राष्ट्रिय यु २३ का खेलाडी प्रकाश बुढाथोकी कतार आएका थिए। उक्त खेलमा नेपालले भारत संग २-२ को बराबरी खेलेको थियो। हालसालै भएको छैठौं एसियन आप्रवासी फुटबल प्रतियोगितामा भने नेपाल र उपविजेता भारत समूह विभाजनका कारण खेल्ने अवसर जुरेन।

दोहा स्पोर्ट्स स्टेडियम जाने बाटो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button