ई रिङ रोडको आकाशे पुल सञ्चालनमा आयो

ई रिङ रोडको आकाशे पुल पैदयात्रीको लागि खुला गरिएको छ।सार्वजनिक कार्य विभाग (इसघाल) ले ईरिङ रोड अन्तर्गतको अल थुमामा र अल मातर बिचको इन्टरसेक्सनमा निर्माण गरिएको पुल सञ्चालनमा ल्याएको हो।

जम्मा ६६ मिटर लामो र ४ मिटर फराकिलो पुलमा दुवै तर्फ लिफ्ट रहेको छ।पुलमा बत्ती,सिसिटिभी क्यामरा र पैदलयात्रीको काउन्टर पनि रहेको छ।पुलले पुरानो एयरपोर्ट (एरिया ४५) र अल रव्दा, थुमामा(एरिया ४७) वरपरको बासिन्दा लगायत अन्यलाई सहजता प्रदान गर्ने विश्वास गरिएको छ।
