कुवेतमा सवारी दुर्घटनामा परी १५ कामदारको मृत्यु

एएफपी
कुवेतको तेल खन्ने एक कम्पनीमा कार्यरत १५ कामदारको आज सवारी दुर्घटनामा परी ज्यान गएको छ। बुर्गन ड्रिलिङ कम्पनीमा कार्यरत ती कामदारहरुको सवारी काम बाट फर्किने क्रममा अर्को बस संग जुध्न पुगेको थियो।
त्यहाँको अग्नि विभागको प्रवक्ता खलिल अल अमिरको अनुसार मृत्यु हुनेमा प्राय एसियन मूलका नागरिकहरु रहेका छन्।त्यस्तै बाँकी नाजुक अवस्थाका ४ घाइते कामदारलाई अस्पताल भर्ना गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो