बिज्ञापन

ड्राइभिङ लाइसेन्स बारे नयाँ नियम, अब कम्पनीको अनुमति पत्र (NOC) नचाहिने

कतारमा सवारी चालक अनुमतिपत्र पाउन पहिले जस्तो सजिलो छैन् । कतार सरकारले सडक निर्माणको कार्य सम्पन्न नहुन्जेल यातायात ब्यवस्थापन गर्न धेरै जसो पेशा रोक्दै आइरहेको छ । तर २०२० लागे एता केही खुकुलो गर्ने संकेत देखाएको छ । पहिले सवारी अनुमतिपत्रका लागि कम्पनी वा कपिलको पनि अनुमति (लाइसेन्स एनओसी) को आवशयक पर्थ्यो भने अहिले एनओसी नचाहिने भएको छ । कम्पनीको पेपर बिना कामदारले ड्राइभिङ स्कुलमा भर्ना हुन सक्दछन् ।  यो नियम लागु भएको दन्नै एक महिना भयो ।
हालै मात्र टेक्निसियन र जनरल टेक्निसियन (فني र فني عام) भिसाहुने हरुले सानो र ठुलो गाडी पनि सिक्न पाउने भएका छन् ।

यदी तपाईं ड्राइभिङ लाइसेन्स बनाउने सोचमा हुनुहुन्छ भने सर्वप्रथम आफ्नो पेशाले सवारी लाइसेन्स लिन पाईन्छ की पाईदैन भनेर बुझ्न आवश्यक छ ।

सवारी चालक अनुमतिपत्र पाउन पुरा गर्न पर्ने प्रक्रिया यस्ता छन् 

१. सबैभन्दा पहिले तपाईको रोजगार पदले सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन पाईन्छ कि पाईदैन त्यो बुझ्न जरुरी छ ।
* याद राख्नु होला सबै लेबर, मेकानिक, सहायक पदहरुले कार, ट्रक, टेलर र क्रेन लिन पाउदैनन् तर फोर्क्लिफ्ट, सावेल , मोटरसाइकल र एक्सावेटर भने सिक्न सक्नेछन् ।  

लाइसेन्स लिन नपाउने जागीरका पदहरू हेर्न यहाँ थिच्नुहोस्।

२. कार र मोटर साईकलको लागि उमेर कम्तिमा १८ र अन्य गाडी जस्तै ट्रक, सावेल ईत्यादिका लागि २१ वर्ष पुगेको हुनुपर्दछ ।

३. आवश्यक पर्ने कागजपत्रहरु

कतारी आइडी, भिसा भएमा पासपोर्टको फोटोकपी, २ वटा पासपोर्ट साईजको कलर फोटो पेश गर्नपर्दछ ।

४. ट्रायलको लागि आखाँको जाँच पनि पास गर्नपर्दछ ।
आखाँको जाँच गर्दा चस्मा लगाउन भनेमा फोटो चस्मा भएको हुनुपर्छ ।
आखाँको जाँच प्राय सबै ड्राइभिङ स्कुलमा नै वा कुनै पनि आधिकारिक मेडिकल बाट लिन सकिन्छ ।

५. सबै कागजपत्र संगै निवेदन पेश गरेपछि कतार सरकार बाट मान्यता प्राप्त ड्राइभिङ्ग स्कुल बाट ट्रेनिङ्ग लिन पर्दछ । ड्राइभिङ्ग स्कुल बाट कम्तिमा ५ दिन  १ घण्टाको थेवरी क्लास र २० घन्टा प्य्राक्टिकल क्लास लिनपर्दछ । प्रशिक्षणको शुल्क सिक्ने सवारी साधन अनुसार २८०० देखी ४१०० सय कतारी रियाल सम्म लाग्दछ ।

सबै प्रक्रिया पुरा गरेपछि मात्र ट्रायल दिन पाईन्छ । रोडमा दुई पटक फेल भएमा पुन आधा कोर्समा भर्ती हुन सकिनेछ ।  यदी तपाईं सँग गल्फको लाइसेन्स छ भने डाइरेट टेस्ट दिन सक्नु हुनेछ । डाइरेट टेस्टमा तपाईंले सिग्नल र रोडको जाँच दिनु पर्नेहुन्छ ।

दल्ला ड्राइभिङ एकेडेमी बारे 

सनैया ग्राण्ड मल र बर्वा सिटी को बिचमा पर्दछ दल्ला ड्राइभिङ्ग एकेडेमी साथैमा कर्वा स्कुल र उसैको मुख्य कार्यालय रहेता पनि छिट्टै समयमा नै दल्ला ड्राइभिङ्ग कतारका अरु ड्राइभिङ्ग स्कुलहरु भन्दा उत्कृष्ट बन्न सफल भनेको छ । दल्ला बाट अनुमतिपत्र पाउन अहिले अधिक समय लागेता पनि नजितामा भने अरु स्कुलको भन्दा धेरै राम्रो छ ।  विध्यार्थीका लागि आवत जावतको राम्रो व्यवस्था समेत रहेको हुँदा तपाईंहरुका लागि उपयुक्त हुन सक्दछ दल्ला ड्राइभिङ्ग ।


कस्लाई सम्पर्क गर्ने ?

दल्ला ड्राइभिङ्ग एकेडेमी,  इन्डस्ट्रियल एरिया
प्रशासक शाखामा काम गर्ने नेपाली निमा भुसाल लाई ।

फोन नं  : 77939893 | nimabhusal@gmail.com 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button