राजदूत र कतारी श्रम मन्त्री बीच भेटवार्ता

कतारका लागि नेपालका राजदूत रमेश प्रसाद कोइराला र कतार सरकारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्री इस्सा विन साद अल जफली अल नुआइमी बीच भेटघाट सम्पन्न भएको छ।

श्रम मन्त्रालयको कार्यालयमै भएको सो भेटघाटमा नेपाली श्रमिकहरुका विविध समस्या तथा समाधानका उपायहरु र विशेष गरी यूनाइटेड क्लिनिङ्क कम्पनी लगायत अन्य कम्पनीमा कार्यरत नेपाली श्रमिकहरुको समस्या र त्यसका समाधानको विषयमा गहन छलफल गरिएको छ। सो सम्बन्धमा श्रम मन्त्रीले उक्त समस्या बारे आफू जानकार रहेको र यसको समाधान चाँडै गरिने प्रतिबद्धता दिनुभएको छ। साथै यस्ता समस्या समाधानको लागि कतारले चाँडै एक कोषको स्थापना गर्न लागेको समेत मन्त्री अल नुआइमीले जानकारी गराउनु भएको छ।

त्यस्तै फ्रि भिसा फ्रि टिकटको विषयलाई अझ बढी प्रभावकारी बनाउने लगायत अन्य विषयहरुमा दुई देश वीच रहेको प्राविधिक समिति मार्फत अगाडी बढ्ने सम्बन्धमा समेत छलफल केन्द्रित रहेको थियो। सो अवसरमा दुई देश वीच उच्चस्तरीय भ्रमणको आदान प्रदान गर्ने लगायत नेपाल कतार बीचको द्बिपक्षीय सम्बन्धका विविध विषय छलफल सम्पन्न भएको छ।