मृगौला पीडितलाई तनहुँ सेवा समाजको सहयोग

तनहुँ सेवा समाज,कतारले तनहुँ जिल्ला भिमाद नगरपालिका निवासी मृगौला पीडित मिना परियारको उपचारको लागि आर्थिक सहयोग गरेको छ ।

सहयोगको लागि पीडित पक्षको अपिललाई मध्यनजर गर्दै समाजका पूर्व कार्यसमिति सदस्य तथा आजीवन सदस्य याम बिसीको नेतृत्व तथा समाजको सहयोगमा संकलित रकम ५५ हजार ५ सय ५५ रुपैयाँ आईतवार एक कार्यक्रम आयोजना गरी पीडितलाई हस्तान्तरण गरिएको छ।आर्थिक रुपमा विपन्न रहेकी पिडित परियारलाई उपचारको लागी टेवा पुगोस् भन्ने उदेश्यले प्रदान गरिएको समाजका महासचिब पदम गिरीले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो