‘एक ट्याक्सी एक भाडा’ नियम लागू हुँदै

प्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख अब्दुल्ला विन नासेर विन खलीफा अल थानी को सभापतित्वमा हिजो बसेको मन्त्रिमण्डलको नियमित बैठकमा कर्वा ट्याक्सी सम्बन्धी नयाँ प्रस्ताव पारित भएको आजको गल्फ टाइम्सले लेखेको छ।

बिज्ञापन : कतारमा नेपाली चलचित्र शत्रु गते

आन्तरिक मन्त्रालयले प्रस्ताव गरेको नयाँ नियम अन्तर्गत एकै समूहमा रहेका यात्रुहरुलाई मिटरमा उठेको भाडा भन्दा बढी लिन नपाउने रहेको छ।त्यस्तै चालकले एकै गन्तव्य भए पनि छुट्टा छुट्टै यात्रुलाई यात्रा गराउन नपाउने पनि रहेको छ।जस्तै एउटै समूहमा दोहा यात्रा गर्दा मिटरमा २५ रियाल उठ्यो भने प्रत्येकले नभई उक्त समूह नै मिलेर जम्मा २५ रियाल मात्र तिर्नुपर्नेछ।

नियम कतारमा रहेको मोवासलत कम्पनी अन्तर्गत चल्ने ट्याक्सीहरुको लागि लागू हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button