होटलमा निष्पक्ष श्रमिक भर्तीको निर्देशिका जारी : प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालय

प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले कतारमा होटल क्षेत्रका लागि भर्ती र रोजगारीका लागि मार्गनिर्देशन गर्न निर्देशिका जारी गरेको छ ।

कतारका होटेल क्षेत्रमा दिगो विकास र सभ्य कार्यको लागि (MADLSA) प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले , कतार चेम्बर, कतार राज्य को लागी अन्तर्राष्ट्रिय श्रम संगठन परियोजना कार्यालय (ILO-कतार), मानव अधिकार र व्यापार संस्थान, र अन्तर्राष्ट्रिय पर्यटन साझेदारीसँगको परामर्शपछि उक्त निर्देशिका हिजो जारी गरेको हो ।

कतारमा होटल क्षेत्रका लागि निष्पक्ष भर्ती र रोजगारीका लागि मार्गनिर्देशन गर्न यो निर्देशिका तयार पारिएको बताईएको छ । यसले कतारका होटलमा काम गर्ने श्रमिकलाई धेरै फाइदा पुग्ने विश्वास लिइएको छ ।

कतारका ४० भन्दा बढी होटलहरूका मानव संसाधन प्रबन्धकहरूको परामर्श र मार्च २०१९ देखि अप्रिल २०२० बीचको नियमित कार्यसमूह सत्रहरूको परिणाम स्वरुप यो निर्देशिका तयार पारिएको निर्देशिकाको परिचयमा उलेख  गरिएको छ ।

वेबिनार मार्फत गरिएको छलफलमा रोजगार सम्झौता, राहदानी, परिचयपत्र, काम गर्ने सर्त, मजदुरहरूको आवास, समानता र भेदभाव, रोजगारदाता परिवर्तन गर्ने र मूल देश फर्कने लगायतका बिषयमा पनि छलफल भएको थियो ।

हिजो जारी गरीएको निर्देशिका पढ्न यहाँ क्लिक गर्नुहाेस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button