आज २३६ जनाको रिपोर्ट पोजेटिभ

कतारमा पछिल्लो २४ घण्टामा २३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र २७६ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । आज भाइरस देखिएका मध्ये २२० जना स्थानीय र १६ जना अन्य मुलुक बाट आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,२१,५२३ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ५,२०६ जनालाई परिक्षण गरिएको थियो । कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २०५ रहेको छ र निको हुनेको संख्या १,१८,४७५ पुगेको छ ।
सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता भने खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – ४२ जना
अस्पतालमा उपचार भैरहेकाको कुल संख्या – ४०१ जना
आईसीयुमा भर्ना भएका – १ जना
आईसीयुमा उपचार भैरहेकाको कुल संख्या – ४८ जना
आज सम्म जाँच भएको संख्या – ६,८५,८३९ जना
निको हुन बाँकीको संख्या : २,८४३ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।