‘नेशनल डे’ को कार्यक्रम हेर्न आमन्त्रित व्यक्तिलाई मात्र कर्नेशमा प्रवेश दिइने

कतारको राष्ट्रिय दिवसको अवसरमा १८ डिसेम्बरको दिन दोहाको कर्नेशमा बिहान ९ बजे सैनिक परेड लगायत अन्य कार्यक्रम हुने भएको छ ।

राष्ट्रिय दिवसका लागि सुरक्षा समितिले आज पत्रकार सम्मेलन गर्दै कार्यक्रम बारे वृस्तृत गरेको छ । समितिको अनुसार आमन्त्रित व्यक्तिलाई मात्र कर्नेशमा प्रवेश दिइनेछ । गत वर्षको जस्तै यस वर्षपनि बोलाईएका जम्मा ९,५८६ जनालाई बारकोडको आधारमा बिहान ७;३० सम्म कर्नेशमा प्रवेश गर्न दिइने समितिले बताएको छ ।

फिफा अरब कपको समापन संगै कर्नेशमा राति भब्य आताशबाजीको कार्यक्रम पनि तय भएको छ । कार्यक्रमको प्रत्यक्ष प्रशारण कतार टेलिभिजनमा हेर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
7
मनपर्‍यो
खुसी लाग्यो
30
खुसी लाग्यो
दुःख लाग्यो
19
दुःख लाग्यो
रुन मन लाग्यो
11
रुन मन लाग्यो
हाँसो लाग्यो
6
हाँसो लाग्यो
रीस उठ्यो
6
रीस उठ्यो
Back to top button