नेपाली र बंगलादेशी राजदूत बीच भेटवार्ता सम्पन्न

कतारस्थित नेपाली राजदूतावासले हालै शुरु गरेको “एक अर्कालाई चिनौ” कार्यक्रम अन्तर्गत गत हप्ताको बुधबार कतारका लागि नेपालका राजदूत रमेश प्रसाद कोइराला र बंगलादेशी राजदूतअशुद अहमद बीच नेपाली राजदूतावासमा भेटघाट सम्पन्न भएको छ। भेटघाटमा कतारमा रहेका नेपाली कामदार र बंगलादेशी कामदारहरुका साझा समस्या समाधानका लागि मिलेर श्रमिक हक हित तथा सुरक्षा सम्बन्धी कार्य गर्ने विषयमा छलफल भएको छ ।

यसैगरी द्बिपक्षीय आर्थिक कूटनीति, लगानी प्रवर्द्बन, व्यापार प्रवर्द्बन लगायतका विविध विषयहरुमा छलफल र दुई राजदूतावासले अपनाएका आ-आफ्ना उच्च कार्यहरुको आदान प्रदान कार्य लगायतका विषयमा छलफल सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button