भोलि ‘नव वर्ष धमाका २०७५’ हुँदै

मेची महाकाली सेवा समाजको आयोजनामा भोलि नव वर्ष धमाका २०७५ हुँदैछ।कार्यक्रम दोहा स्थित गल्फ होराइजन होटलमा दिउँसो १२ बजे बाट सुरु हुँदैछ।कार्यक्रमको लागि टिकट दर ५० र १०० कतारी रियाल राखिएको छ।
कार्यक्रममा प्रस्तुति दिन गायक श्री कृष्ण लुइँटेल,सीमान्त सन्तोष र जादूगर तथा हास्य कलाकार माधव त्रिपाठी कतार आइसकेका छन्।

कार्यक्रममा नेपाल बाट आएका कलाकार सँगै स्थानीय कलाकार लोक गायिका देबिका केसी,नृत्यकार बिराज भन्डारी,कबिता नेपाली,अन्जना सुनवार अनील अर्याल,लोक गायक यम राज सुनवार,विनीता केसी,नानू घले,गोपाल गह,आधुनिक गायक टंक बिक,शरद पाण्डे,हास्य कलाकार दिप हसन्ते क्षेत्री लगायतको प्रस्तुति रहनेछ।
थप जानकारीको लागि कार्यक्रम संयोजक लिला प्रसाद गौतम(७००२२२३४),सह-संयोजक केशब चापागाईं(३१२४६५६३),वीर सिंह लामा(३१४५७२६१),रहुदिन मिया (७४७८४०६४) र आल बहादुर गाहा(३००१३७८३) लाई सम्पर्क गर्न सकिनेछ।