बिज्ञापन

गैँडाकोटले सयपत्री फूल जिल्ला बाहिर पठाउँदै

नवलपुर,कात्तिक १३-

नवलपरासी (बर्दघाट–सूस्तापूर्व)को गैँडाकोट नगरपालिकाभित्र यसवर्ष सयपत्री फूलखेती फस्टाएको छ । अघिल्लो वर्षको तुलनामा फूलखेती लगाउने क्षेत्रफल घटेको भए पनि उत्पादन राम्रो भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले फूलको बीउमा अनुदान तथा प्राविधिक सहयोग गरेपछि फूलबाट उत्पादन राम्रो भएको हो । यसवर्ष स्थानीय फूलको माला प्रवद्र्धन गर्न नगरपालिकाले प्लाष्टिकका माला आयात बन्द गरेपछि उत्पादन भएको फूल खपत हुनेमा कृषकहरु विश्वस्त छन् । विगतको वर्षको तुलनामा यस वर्ष फूलको उत्पादन राम्रो भएको गैडाकोट १ का कृषक मीना केसीले बताउनुभयो ।

गैँडाकोट नगरपालिकामा सयपत्री फूलको उत्पादन राम्रो हुने देखेपछि कृषकहरुलाई फूलखेतीमा आकर्षण गर्न अनुदान दिन सुरु गरिएको हो । सयपत्री फूलको उन्नत जातको बीउ लगाउँदा यसवर्ष राम्रो उत्पादन भएको हो । यस वर्ष गैँडाकोटमा मात्रै ४१ जना किसानले पाँच बिघा भन्दा बढी क्षेत्रफलमा सयपत्री फूलको खेती गरेको गैडाकोट नगरपालिकाका कृषि शाखा प्रमुख राजुप्रसाद शर्माले बताउनुभयो ।

पालिकामा व्यवसायिक रुपमासँगै स्थानीयले खाली जमिनमा समेत सयपत्री लगाउने गरेका छन् । गैँडाकोटमा सबै जोड्दा आठ बिघामा फूल खेती गरिएको र उत्पादन भएको फूल स्थानीयलाई पर्याप्त भएर नारायणगढ, कावासोती, काठमाडौँ, पोखरा, बुटवललगायतका शहरमा पठाउन पालिकाले समन्वय गरेको छ ।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button